राष्ट्रिय अन्तर क्वान उसु सुरु

राष्ट्रिय अन्तर क्वान उसु सुरु : Icon Khabar

काठमाडौं, असार २० । नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पूर्व संघीय मन्त्री विना मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा विभिन्न ३४ क्वानका १ सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीको सहभागिता रहेको छ । थाउलो र सान्सौंमा समान १०–१० गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

उद्घाटनका अवसरमा मित्रराष्ट्र चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, चीन दूतावासका डेपुटी चिफ कन्सुलर वाङ सिन, राखेपका सदस्य एवं आयोजक उसु महासंघका अध्यक्ष जनकप्रसाद बर्तौला, राखेपका सदस्य अन्जन धमला, प्रकाशकुमार कुसारी र पेमा डोल्मा लामा, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले उपस्थिति रहेको थियो । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Published Date: 05 July 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास