राष्ट्रिय अन्तर क्वान उसु सुरु

राष्ट्रिय अन्तर क्वान उसु सुरु : Icon Khabar

काठमाडौं, असार २० । नेपाल उसु महासंघको आयोजनामा तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पूर्व संघीय मन्त्री विना मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा विभिन्न ३४ क्वानका १ सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीको सहभागिता रहेको छ । थाउलो र सान्सौंमा समान १०–१० गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

उद्घाटनका अवसरमा मित्रराष्ट्र चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, चीन दूतावासका डेपुटी चिफ कन्सुलर वाङ सिन, राखेपका सदस्य एवं आयोजक उसु महासंघका अध्यक्ष जनकप्रसाद बर्तौला, राखेपका सदस्य अन्जन धमला, प्रकाशकुमार कुसारी र पेमा डोल्मा लामा, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले उपस्थिति रहेको थियो । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Published Date: 05 July 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक