एसइईको नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक नबस्ने

एसइईको नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक नबस्ने : Icon Khabar

काठमाडौं,असार २० । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक नबस्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तर्फका नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, “आज बुधबार एसईईको नतिजा प्रकाशनको सन्दर्भमा बोर्ड बैठक बस्ने भनिएको थियो तर विशेष कारणले बस्न सकेनौँ, सम्भवतः बिहीबार (भोलि) बस्नेछौँ ।” परीक्षा नियन्त्रण श्रेष्ठले बुधबार बिहान नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएका थिए।

Published Date: 05 July 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक