अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि ललित माल्दिभ्स जाने

अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका लागि ललित  माल्दिभ्स जाने : Icon Khabar

काठमाडौं, असार १९ । ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । दुई प्रतियोगिता असार २० देखि २४ गतेका दौरान हुनेछ ।

ललितले १३ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भाग लिन लागेका हुन् । आठौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताका ओभरअल च्याम्पियन ललितले दुवै प्रतियोगितामा पुरुष ७५ केजी तौलसमूहमा नेपाल चुनौती प्रस्तुत गर्ने छन् ।

आमन्त्रण प्रतियोगितामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ३ हजार, २ हजार, १ हजार र ५ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् ।

ललितसहितको ३ सदस्यीय टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दैछ । अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास तथा निर्णायकमा दिनेश श्रेष्ठ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Published Date: 04 July 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक