नेपाल आयरल्यान्डसँग अन्तिम ओभरमा पराजित

नेपाल आयरल्यान्डसँग अन्तिम ओभरमा पराजित : Icon Khabar

काठमाडौँ, असार १९ । नेपाल आइसिसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको खेलमा टेस्ट टोली आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । योसँगै नेपाल १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोट यात्रा समाप्त गरेको छ ।

जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । पहिलो बलमा ग्यारेथी डेलानीले एक रन लिए । ब्यारी म्याकार्थीले दोस्रो बलमा थर्डमा चौका हान्दै खेल सकाए । डेलानी १६ र म्याकार्थी ४ रनमा नट आउट रहे ।

आयरल्यान्डको जितमा ह्यारी टेक्टरले ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रनको योगदान दिए । त्यस्तै कर्टिस म्याम्फर ५९ बलमा ८ चौका र १ छक्कासहित ६२ रनमा आउट भए । स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा ह्यारी टेक्टरको क्याच किशोर महतोले लङअनमा ब्यक्तिगत २१ रनमा छाड्न पुगेका थिए । त्यो नेपाललाई भारी पर्यो ।

तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको पाँचौं बलमा ओपनर एन्डी म्याकब्रिनलाई १७ रनमा प्वाइन्टमा कुशल भुर्तेलबाट क्याच आउट भए । अर्को ओभरमा किशोर महतोले कप्तान एन्डी बालबर्नीलाई प्वाइन्टमै एक रनमा दीपेन्द्रबाट क्याच गराएपछि राम्रो सुरुवात गरेको हो । आफ्नो ओडिआई करिअरको दोस्रो खेल खेलेका किशोरको यो पहिलो विकेट हो ।

गुलशनले १२ औं ओभरको अन्तिम बलमा ओपनर पल स्टरलिङलाई १५ रनमा बोल्ड आउट गरे । उनी एज लागेर बोल्ड हन पुगेका थिए । स्टरलिङले २४ बलमा २ चौका प्रहार गरे । लोर्कान टकर २२ बलमा २ चौका र १ छक्कासहित २४ रनमा करण केसीको बलमा एलबीडब्लू आउट भए । जर्ज डोकरेल ४७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा क्याच आउट भए ।

नेपालका करण केसीले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले एक विकेट लिए ।

त्यसअघि जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो । नेपालका युवा अलराउन्डर गुलशन झाले ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा अविजित इनिङ खेलेपनि जितको लागि पर्याप्त भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts
ताजा
भक्तपुरमा अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५ हुँदै
मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घट्यो
भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक
तामाकोशी नदीमा बगरे एक वृद्ध बेपत्ता


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू