मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असार १९ । सुनको मूल्य मंगलबार प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 04 July 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास