पाँचथरको बाढीमा ट्रिपर फस्दा २६ ड्रम डिजल खोलाले बगायो

पाँचथरको बाढीमा ट्रिपर फस्दा २६ ड्रम डिजल खोलाले बगायो : Icon Khabar

फिदिम, असार १९ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलास्थित बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउँदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मङ्गलवार बिहान ४ बजेको समयमा ट्रिपर फस्दा प्रति ड्रम २२० लिटर रहेको २६ ड्रमको जम्मा पाँच हजार ११२ लिटर डिजल नोक्सान पुगेको जनाइएको छ । दोलखा जिरी नगरपालिका ८ निवासी २४ वर्षीय ट्रिपर चालक अमृत श्रेष्ठको अवस्था सकुशल रहेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। बाढीमा फसेको ट्रिपर आधा पुरिएको अवस्थामा रहेको प्रहरीकाे भनाइ छ ।

Published Date: 04 July 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक