पाँचथरको बाढीमा ट्रिपर फस्दा २६ ड्रम डिजल खोलाले बगायो

पाँचथरको बाढीमा ट्रिपर फस्दा २६ ड्रम डिजल खोलाले बगायो : Icon Khabar

फिदिम, असार १९ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोलास्थित बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउँदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मङ्गलवार बिहान ४ बजेको समयमा ट्रिपर फस्दा प्रति ड्रम २२० लिटर रहेको २६ ड्रमको जम्मा पाँच हजार ११२ लिटर डिजल नोक्सान पुगेको जनाइएको छ । दोलखा जिरी नगरपालिका ८ निवासी २४ वर्षीय ट्रिपर चालक अमृत श्रेष्ठको अवस्था सकुशल रहेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। बाढीमा फसेको ट्रिपर आधा पुरिएको अवस्थामा रहेको प्रहरीकाे भनाइ छ ।

Published Date: 04 July 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास