यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल मलेसियासँग भिड्दै

यू–१६ इस्ट जोन कपको उपाधिका लागि आज नेपाल मलेसियासँग भिड्दै : Icon Khabar

काठमाडौं, असार १९ । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि नेपालले आज (मंगलबार) घरेलु टाली मलेसियासँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे बायुमास ओभलमा सुरु हुनेछ । खेल ३५ ओभरको हुनेछ ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।

मलेसियाका तीव्र गतिका बलर मोहम्मद अक्रम र मोहम्मद मुकरी नेपाललाई घातक बन्न सक्छन् । यी दुई बलरले मलेसियाको टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अक्रम अलराउन्डर हुन् । मलेसियालाई फाइनलमा पुर्याउन उनले सेमिफाइनल खेलमा हङकङलाई ७७ रनमा अल आउट गर्न ४ विकेट लिनुको साथै ३७ रन बनाएका थिए ।

नेपालका निरज यादव, सुर्यांश कोइराला र नरेन भट्टले राम्रो प्रदर्शन गर्दै आएका छन् । समूह चरणमा मलेसियाविरुद्ध अशोक धामीले ५२ रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।

अभिषेक तिवारी नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । उनको गतिको चाल पाउन कठिन पर्न सक्छ । तिवारीले गतिको धुुनमा वाइड भने रोक्नु पर्ने हुन्छ । स्पिन नेपालको मुख्य हतियार हो । स्पिनर सन्तोष यादव, अशोक धामी, कार्तिक कामत, नरेन भट्ट लगायत बलर छन् ।

Published Date: 04 July 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक