भक्तपुरको गुण्डुमा स्कुटर दुर्घटना हुँदा बुबाको निधन र छोरी घाइते

भक्तपुरको गुण्डुमा स्कुटर दुर्घटना हुँदा बुबाको निधन र छोरी घाइते : Icon Khabar

भक्तपुर, असार १७ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

शनिबार राति गुण्डु सूर्यविनायक नगरपालिका–७ बाट पाण्डु बजारतर्फ आउँदै गरेको बा ९३प ५८८१ नंको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो । स्कुटर अनियन्त्रित हुँदा भक्तपुरको पाण्डुबजार–६ सूर्यविनायक बस्ने ४५ वर्षीय स्कुटर चालक कृष्णकुमार त्वातीको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई नजिकैको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुर लैजाँदै गर्दा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरमा सवार १९ वर्षीया छोरी अनिता त्वातीलाई सामान्य चोट लागेको र उपचारपछि डिस्चार्ज गरिएको प्रहरी वृत्त भक्तपुरले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त जगतीका अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 July 2023






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न