भक्तपुरको गुण्डुमा स्कुटर दुर्घटना हुँदा बुबाको निधन र छोरी घाइते

भक्तपुरको गुण्डुमा स्कुटर दुर्घटना हुँदा बुबाको निधन र छोरी घाइते : Icon Khabar

भक्तपुर, असार १७ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

शनिबार राति गुण्डु सूर्यविनायक नगरपालिका–७ बाट पाण्डु बजारतर्फ आउँदै गरेको बा ९३प ५८८१ नंको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो । स्कुटर अनियन्त्रित हुँदा भक्तपुरको पाण्डुबजार–६ सूर्यविनायक बस्ने ४५ वर्षीय स्कुटर चालक कृष्णकुमार त्वातीको मृत्यु भएको हो ।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई नजिकैको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुर लैजाँदै गर्दा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरमा सवार १९ वर्षीया छोरी अनिता त्वातीलाई सामान्य चोट लागेको र उपचारपछि डिस्चार्ज गरिएको प्रहरी वृत्त भक्तपुरले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त जगतीका अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।

Published Date: 02 July 2023


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड