तरूण सरदेशाई नेपाल राष्ट्रिय गल्फ टिमको प्रशिक्षक नियुक्त

तरूण सरदेशाई नेपाल राष्ट्रिय गल्फ टिमको प्रशिक्षक नियुक्त : Icon Khabar

काठमाडौं, असार ११ । १९औँ एसियाली खेलकुदका लागि तरूण सरदेसाईलाई नेपाल गल्फ संघले प्रशिक्षक नियुक्त गरेको छ ।नेपाल गल्फ संघ र तरूण सरदेसाई बीच एसियन गेम्सको लागि सम्झौता भएको छ । सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेसाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहने छन् । नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दिपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् । एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाओमा हुनेछ ।

तरूण सरदेसाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंगलुरुस्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ । एशियन गेम्समा प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुबाश तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलुरु पठाएको  हो । नेपाल नम्बर एक एमरच्योर गल्फर सुबाशसँगै सदभाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए । बन्द प्रशिक्षणकै दौरान सुबाश र सदभावले जुलाई १८ देखि १९ सम्म अर्किड कन्ट्री क्लबमा हुने  सिंगापुर एमेच्योर ओपनमा सहभागिता जनाउने छन् ।

Published Date: 26 June 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा