अमेरिकालाई जिम्बावेको ४ सय ९ रनको कीर्तिमानी लक्ष्य

अमेरिकालाई जिम्बावेको ४ सय ९ रनको कीर्तिमानी लक्ष्य : Icon Khabar

काठमाडौँ, असार ११ । कप्तान सन विलियम्सले १ सय ७४ रनको सानदार शतकीय इनिङ खेलेपछि जिम्बावेले आइसिसी विश्वकप छनोटमा अमेरिकालाई ४ सय ९ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० आभरमा ६ विकेट गुमाउँदै ४ सय ८ रन बनायो । यो जिम्बावेले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको हो । यसअघि जिम्बावेको ओडिआईमा सर्वाधिक ठूलो योगफल २००९ मा केन्याविरुद्ध ३ सय ५१ रन थियो ।

जिम्बावेका सन विलियम्सले १ सय १ बलमा २१ चौका र ५ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । समग्रमा जिम्बावेबाट ओडिआई खेलमा ब्यक्तिगत तेस्रो उच्च स्कोर हो । यसअघि जिम्बावेका चाल्र्स कभेन्टीले २००९ मा बंगलादेशविरुद्ध १ सय ९४ तथा हिमाल्टन मसाकाड्जाले केन्याविरुद्ध १ सय ७८ रनको अविजित इनिङ खेलेका थिए । त्यसपछि यो उच्च प्रदर्शन हो ।

ओपनर जोयलोर्ड गुम्बी १ सय ३ बलमा ५ चौकासहित ७८ र इनोसेन्ट कैया ३२ रनमा आउट भए । दोस्रो विकेटका लागि सन विलियम्स र जोयलोर्डले १ सय ६० रनको साझेदारी गरेका थिए ।

Published Date: 26 June 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न