अमेरिकालाई जिम्बावेको ४ सय ९ रनको कीर्तिमानी लक्ष्य

अमेरिकालाई जिम्बावेको ४ सय ९ रनको कीर्तिमानी लक्ष्य : Icon Khabar

काठमाडौँ, असार ११ । कप्तान सन विलियम्सले १ सय ७४ रनको सानदार शतकीय इनिङ खेलेपछि जिम्बावेले आइसिसी विश्वकप छनोटमा अमेरिकालाई ४ सय ९ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० आभरमा ६ विकेट गुमाउँदै ४ सय ८ रन बनायो । यो जिम्बावेले आफ्नो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको हो । यसअघि जिम्बावेको ओडिआईमा सर्वाधिक ठूलो योगफल २००९ मा केन्याविरुद्ध ३ सय ५१ रन थियो ।

जिम्बावेका सन विलियम्सले १ सय १ बलमा २१ चौका र ५ छक्कासहित १ सय ७४ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको उत्कृष्ट प्रदर्शन हो । समग्रमा जिम्बावेबाट ओडिआई खेलमा ब्यक्तिगत तेस्रो उच्च स्कोर हो । यसअघि जिम्बावेका चाल्र्स कभेन्टीले २००९ मा बंगलादेशविरुद्ध १ सय ९४ तथा हिमाल्टन मसाकाड्जाले केन्याविरुद्ध १ सय ७८ रनको अविजित इनिङ खेलेका थिए । त्यसपछि यो उच्च प्रदर्शन हो ।

ओपनर जोयलोर्ड गुम्बी १ सय ३ बलमा ५ चौकासहित ७८ र इनोसेन्ट कैया ३२ रनमा आउट भए । दोस्रो विकेटका लागि सन विलियम्स र जोयलोर्डले १ सय ६० रनको साझेदारी गरेका थिए ।

Published Date: 26 June 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने