सन्दीपविरुद्ध जाहेरी दिने किशोरीलाई एक लाख राहत दिन अदालतको आदेश

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीलाई एक लाख राहत दिन अदालतको आदेश : Icon Khabar

काठमाडौँ, असार ११ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ । सरकारको राहत कोषबाट सो रकम उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सोमबार पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको हो । सन्दीपमाथि २०७९ भदौ ५ गते गौशालास्थित एक होटलमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । राष्ट्रिय क्रिकेट टोलीसँग विदेशमा रहेको समयमा नै सन्दीपविरुद्ध उजुरी परेको थियो । त्यहि आरोपमा उनी पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने थुनछेक आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप पाटन उच्च अदालत गएका थिए । त्यहिबाट उनी विदेश जान नपाउने शर्तसहित पुस २९ गते २० लाख धरौटीमा थुनामुक्त भएका थिए । त्यो आदेशकाविरुद्ध सन्दीपले विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पीडित पक्षले सन्दीपलाई थुनामा राखेर कारवाही गर्ने आदेश माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो ।

विदेशबाट फर्केको १५ दिन भित्र जानकारी गराउनुपर्ने शर्तसहित सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमति दिएको थियो । साथै थुनामा राखेर कारबाही गर्नुनपर्ने उच्च अदालतको निर्णयलाई सदर गरेको थियो । तर, सर्वोच्चले विशेष प्रकृतिको निवदेन भन्दै क्षतिपूर्ति सम्बन्धमा अन्तरिम क्षतिपूर्तिको व्यवस्थाको समेत आदेश दिएको थियो । सोही आधारमा दिइएको निवेदनमा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो ।

Published Date: 26 June 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न