सन्दीपविरुद्ध जाहेरी दिने किशोरीलाई एक लाख राहत दिन अदालतको आदेश

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीलाई एक लाख राहत दिन अदालतको आदेश : Icon Khabar

काठमाडौँ, असार ११ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको जबरजस्ती करणी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ । सरकारको राहत कोषबाट सो रकम उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासले सोमबार पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको हो । सन्दीपमाथि २०७९ भदौ ५ गते गौशालास्थित एक होटलमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । राष्ट्रिय क्रिकेट टोलीसँग विदेशमा रहेको समयमा नै सन्दीपविरुद्ध उजुरी परेको थियो । त्यहि आरोपमा उनी पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने थुनछेक आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप पाटन उच्च अदालत गएका थिए । त्यहिबाट उनी विदेश जान नपाउने शर्तसहित पुस २९ गते २० लाख धरौटीमा थुनामुक्त भएका थिए । त्यो आदेशकाविरुद्ध सन्दीपले विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका थिए । पीडित पक्षले सन्दीपलाई थुनामा राखेर कारवाही गर्ने आदेश माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो ।

विदेशबाट फर्केको १५ दिन भित्र जानकारी गराउनुपर्ने शर्तसहित सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमति दिएको थियो । साथै थुनामा राखेर कारबाही गर्नुनपर्ने उच्च अदालतको निर्णयलाई सदर गरेको थियो । तर, सर्वोच्चले विशेष प्रकृतिको निवदेन भन्दै क्षतिपूर्ति सम्बन्धमा अन्तरिम क्षतिपूर्तिको व्यवस्थाको समेत आदेश दिएको थियो । सोही आधारमा दिइएको निवेदनमा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो ।

Published Date: 26 June 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने