चितवन राष्ट्रिय निकुञ्जमा गएको ११ महिनामा २२ वटा एकसिङ्गे गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा गएको ११ महिनामा २२ वटा एकसिङ्गे गैँडाको मृत्यु : Icon Khabar

चितवन, असार ८ । चितवन राष्ट्रिय निकुञ्जमा गएको ११ महिनामा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित १०९ वन्यजन्तुको मृत्यु भएको छ ।

निकुञ्जका अनुसार ७१ वन्यजन्तुको मृत्यु वृद्धावस्था, बिरामी र अन्य जनावरको आक्रमणबाट भएको थियो ।

त्यसैगरी कुकुरको आक्रमणबाट २६ जनावरको मृत्यु भएको, विद्युत करेन्ट लागेर दुई, आपसी लडाइँबाट एक, सिकारी मारेर एक, एक बगेर र एक बालुवामा लडेर मृत्यु भएको नेकपाका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

त्यसैगरी दुई वटा जनावरको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन भने तीन जनाको अन्य विभिन्न कारणले मृत्यु भएको छ । मरेका गैँडामध्ये नवलपरासीमा १३ र चितवन जिल्लामा नौ वटा भेटिएका छन् ।

तिवारीले निकुञ्जका तीनवटै बाघको प्राकृतिक कारणले मृत्यु भएको बताए । यस अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा दुई हात्तीको मृत्यु भएको छ । सो अवधिमा ११७ वन्यजन्तुको उद्धार गरिएको नेकपाले जनाएको छ ।

Published Date: 23 June 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड