चितवन राष्ट्रिय निकुञ्जमा गएको ११ महिनामा २२ वटा एकसिङ्गे गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा गएको ११ महिनामा २२ वटा एकसिङ्गे गैँडाको मृत्यु : Icon Khabar

चितवन, असार ८ । चितवन राष्ट्रिय निकुञ्जमा गएको ११ महिनामा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित १०९ वन्यजन्तुको मृत्यु भएको छ ।

निकुञ्जका अनुसार ७१ वन्यजन्तुको मृत्यु वृद्धावस्था, बिरामी र अन्य जनावरको आक्रमणबाट भएको थियो ।

त्यसैगरी कुकुरको आक्रमणबाट २६ जनावरको मृत्यु भएको, विद्युत करेन्ट लागेर दुई, आपसी लडाइँबाट एक, सिकारी मारेर एक, एक बगेर र एक बालुवामा लडेर मृत्यु भएको नेकपाका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

त्यसैगरी दुई वटा जनावरको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन भने तीन जनाको अन्य विभिन्न कारणले मृत्यु भएको छ । मरेका गैँडामध्ये नवलपरासीमा १३ र चितवन जिल्लामा नौ वटा भेटिएका छन् ।

तिवारीले निकुञ्जका तीनवटै बाघको प्राकृतिक कारणले मृत्यु भएको बताए । यस अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा दुई हात्तीको मृत्यु भएको छ । सो अवधिमा ११७ वन्यजन्तुको उद्धार गरिएको नेकपाले जनाएको छ ।

Published Date: 23 June 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न