आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ : Icon Khabar

सिरहा, पुष २०। आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी धनगढीमाई नगरपालिका-६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2023
Website | + posts