फ्रान्सको उड्डयन प्राधिकरणले नेपालको हवाई सुरक्षा सुधार गर्न सहयोग गर्ने

फ्रान्सको उड्डयन प्राधिकरणले नेपालको हवाई सुरक्षा सुधार गर्न सहयोग गर्ने : Icon Khabar

काठमाडौं, असार ५ । नेपालको हवाई सुरक्षा प्रणालीमा सुधार गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ ।

फ्रान्सको राजधानी पेरिसमा आज दुई देशका उड्डयन नियामक निकायबीच प्राविधिक तथा मानव संसाधन व्यवस्थापन तथा विकासका लागि चार वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा क्यानका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सेली नागरिक उड्डयन प्राधिकरणका तर्फबाट डेमियन केजले हस्ताक्षर गरेको क्यानले जनाएको छ । सम्झौताअनुसार प्राविधिक क्षमता अभिवृद्धि र तालिमलगायत हवाई सुरक्षाको गुणस्तर सुधार गर्ने काम गरिनेछ ।

Published Date: 20 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास