फ्रान्सको उड्डयन प्राधिकरणले नेपालको हवाई सुरक्षा सुधार गर्न सहयोग गर्ने

फ्रान्सको उड्डयन प्राधिकरणले नेपालको हवाई सुरक्षा सुधार गर्न सहयोग गर्ने : Icon Khabar

काठमाडौं, असार ५ । नेपालको हवाई सुरक्षा प्रणालीमा सुधार गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ ।

फ्रान्सको राजधानी पेरिसमा आज दुई देशका उड्डयन नियामक निकायबीच प्राविधिक तथा मानव संसाधन व्यवस्थापन तथा विकासका लागि चार वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा क्यानका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सेली नागरिक उड्डयन प्राधिकरणका तर्फबाट डेमियन केजले हस्ताक्षर गरेको क्यानले जनाएको छ । सम्झौताअनुसार प्राविधिक क्षमता अभिवृद्धि र तालिमलगायत हवाई सुरक्षाको गुणस्तर सुधार गर्ने काम गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2023
Website | + posts
ताजा
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं महानगरद्वारा मापदण्डविपरीतका २७१ वटा पानी जार बरामद
आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्दै
सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल