रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्ड असार २२ मा

रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्ड असार २२ मा : Icon Khabar

काठमाडौं, असार ४ । रेडियो कान्तिपुरले २४ औं वार्षिकोत्सवको अवसरमा नेशनल म्युजिक अवार्ड कार्यक्रम यही असार २२ गते आयोजना गर्ने भएको छ । अवार्ड कार्यक्रममा नेपाली गीत सङ्गीतको विकासमा टेवा पुर्‍याउने विभिन्न १५ विधाका कलाकारलाई अवार्ड प्रदान गरिने भएको छ ।

पाँचौं अवार्ड कार्यक्रममा एक जना मूर्धन्य सङ्गीत साधकलाई १ लाख रुपैया नगदसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम निर्देशक भूपेन्द्र खड्काले बताए । उनका अनुसार अवार्डका लागि ७५ जना स्रष्टाको मनोनयन छ । कार्यक्रममा प्रकाश सपुत, स्वप्न सुमन, समीर श्रेष्ठ, सुशान्त केसी, शिव परियार, सुवानी मोक्तान, सन्दिप क्षेत्री, इन्डियन आइडलका २०१८ का विजेता सलमान अली लगायत कलाकारको साङ्गीतिक प्रस्तुति हुनेछ ।

Published Date: 19 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास