रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्ड असार २२ मा

रेडियो कान्तिपुरको नेशनल म्युजिक अवार्ड असार २२ मा : Icon Khabar

काठमाडौं, असार ४ । रेडियो कान्तिपुरले २४ औं वार्षिकोत्सवको अवसरमा नेशनल म्युजिक अवार्ड कार्यक्रम यही असार २२ गते आयोजना गर्ने भएको छ । अवार्ड कार्यक्रममा नेपाली गीत सङ्गीतको विकासमा टेवा पुर्‍याउने विभिन्न १५ विधाका कलाकारलाई अवार्ड प्रदान गरिने भएको छ ।

पाँचौं अवार्ड कार्यक्रममा एक जना मूर्धन्य सङ्गीत साधकलाई १ लाख रुपैया नगदसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम निर्देशक भूपेन्द्र खड्काले बताए । उनका अनुसार अवार्डका लागि ७५ जना स्रष्टाको मनोनयन छ । कार्यक्रममा प्रकाश सपुत, स्वप्न सुमन, समीर श्रेष्ठ, सुशान्त केसी, शिव परियार, सुवानी मोक्तान, सन्दिप क्षेत्री, इन्डियन आइडलका २०१८ का विजेता सलमान अली लगायत कलाकारको साङ्गीतिक प्रस्तुति हुनेछ ।

Published Date: 19 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक