आज नेपालले अमेरिकासँग खेल्दै

आज नेपालले अमेरिकासँग खेल्दै : Icon Khabar

काठमाडौं, असार ५ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा सुरुहुनेछ । नेपाल अमेरिकालाई हराउँदै सुपर सिक्समा पुग्ने बलियो सम्भावना बनाउन चाहन्छ । दुबै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

अंक तालिका
समूह ए मा जिम्बावे २ अंकका साथ शीर्ष स्थानमा छ । वेस्टइन्डिज पनि २ अंकका साथ दोस्रो स्थानमा छ । समूह बी मा श्रीलंका र ओमान शीर्ष र दोस्रो स्थानमा छन् । सोमबार ओमानले आयरल्यान्डलाई ५ विकेटले हराउँदै सनसनी मच्चाएको थियो ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी र अर्जुन साउद ।

अमेरिकाको टोली :

मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उप-कप्तान), शयान जहाजिंगर, केंजिगे, अली खान, सुशान्त मोदानी, साईतेजा मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।

Published Date: 20 June 2023
ताजा
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुरका विभिन्न मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान हुँदै (फोटो फिचर)
कमलविनायकको सरस्वती विद्यागृहमा २३२९ मत खस्यो
महेन्द्रग्राम मावि सुडालमा मध्यान्ह १२ बजेसम्म ९४७ मत खस्यो
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो