१९ औं एसियाली खेलकुदअन्तर्गत उसु खेलाडी छनोट पूरा

१९ औं एसियाली खेलकुदअन्तर्गत उसु खेलाडी छनोट पूरा : Icon Khabar

काठमाडौं, असार ४ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाएका छन् । दुई खेलाडी बाहेक सबै विभागीय टोलीका हुन् ।

थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट भए । नान् छ्वान अलराउन्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगर छनिए । थाइची छ्वान अलराउन्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट भए । महिला चेन सु/छियाङ सुमा एपीएफकी कविता थापा छनोट हुन सफल भइन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सान्सौंतर्फ पुरुष ५६ केजीमा एपीएफका रोहित चुनारा, ६० केजीमा एपीएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका समन घुस्री र ७० केजीमा आर्मीका पदम राईले अन्तिम छनोटमा सफलता पाए । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी सफल भइन् ।

Published Date: 19 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास