सिद्धार्थलाई दोहोरो स्वर्ण

सिद्धार्थलाई दोहोरो स्वर्ण : Icon Khabar

काठमाडौं, असार ४ । सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् ।

जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभी ब्ल्याकवेल्ट स्पर्धामा जिते । जर्मनीका इभा मुगले रजत तथा स्विट्जरल्यान्डका लिएस रिमरले कांस्य जिते ।

सिद्धार्थले अर्को स्वर्ण चाइनिज फर्म स्पर्धामा जिते । अस्ट्रियाका जान मुग दोश्रो तथा जर्मनीका मालीबु तेश्रो भए ।

पेशाले कानून व्यवसायी समेत रहेका सिद्धार्थ नेपाल उमा कुङफु संघका अध्यक्ष हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेका छन् । उनी अस्ट्रियामा मुख्यालय रहेका वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) का एसियाली निर्देशक पनि हुन् । नेपाल उमा कुङफु संघका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ सिद्धार्थका गुरु हुन् ।

प्रतियोगितामा नेपालसहित फ्रान्स, अस्ट्रिया, स्विट्जरल्यान्ड, अमेरिका, चेक रिपब्लिक, इरान, बेल्जियम र जर्मनी गरी ९ राष्ट्रका करिब १ हजार १ सय खेलाडीको सहभागिता रहेको उमा कुङफु संघले जनाएको छ ।

Published Date: 19 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास