गर्भमा लिंगको पहिचान गर्नेलाई कानूनी कारबाही

गर्भमा लिंगको पहिचान गर्नेलाई कानूनी कारबाही : Icon Khabar

काठमाडौं, असार ३ । गर्भमा लिंगको पहिचान गर्नेलाई कानूनी कारबाही हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गर्भमा लिंग पहिचान गरेमा वा गराएमा ३ महिनादेखि १ वर्ष सम्म कैद सजाय हुन सक्ने भन्दै त्यस्तो कार्य नगर्न सुझाएको हो ।

छोरीको जन्म सुनिश्चित गर्न र विभेदपूर्ण लिंग छनोटको अन्त्यका लागि सबैमा सचेतना अभिबृद्धि गर्न मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि राष्ट्रि रणनीति २०७८–२०८८ मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको छ । साथै मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवम् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको छ ।

Published Date: 18 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक