गर्भमा लिंगको पहिचान गर्नेलाई कानूनी कारबाही

गर्भमा लिंगको पहिचान गर्नेलाई कानूनी कारबाही : Icon Khabar

काठमाडौं, असार ३ । गर्भमा लिंगको पहिचान गर्नेलाई कानूनी कारबाही हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गर्भमा लिंग पहिचान गरेमा वा गराएमा ३ महिनादेखि १ वर्ष सम्म कैद सजाय हुन सक्ने भन्दै त्यस्तो कार्य नगर्न सुझाएको हो ।

छोरीको जन्म सुनिश्चित गर्न र विभेदपूर्ण लिंग छनोटको अन्त्यका लागि सबैमा सचेतना अभिबृद्धि गर्न मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको र विभेदपूर्ण लिंग छनौटको अन्त्यका लागि राष्ट्रि रणनीति २०७८–२०८८ मा समेत विभेदपूर्ण लिङ्ग छनौटको अन्त्य गर्ने कार्यनीति तथा कार्ययोजना रहेको छ । साथै मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवम् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा समेत गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनत दण्डनीय अपराध मानेको छ ।

Published Date: 18 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास