एसकेसी र बलर्सलाई ऋत कप

एसकेसी र बलर्सलाई ऋत कप : Icon Khabar

काठमाडौं, असार ३ । एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । एसकेसी ब्वाइज तथा बलर्स गल्र्समा पहिलो भए ।

बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा एसकेसीले टाइम आउटलाई १२–१० ले पराजित ग¥यो । एसकेसीका सन्देश खड्काले ५ अंक जोडे । डियुबीएचले टुख्यालाई ६–५ ले हराउदै तेश्रो भयो ।

गल्र्सको उपाधि भिडन्तमा बलर्सले इन्साइट भिजनलाई ५–२ ले पाखा लगायो । बलर्सकी पेमा डोमा शेर्पाले ३ अंक जोडिन् । कथालयले राजधानीमाथि ११–५ को जित दर्ता गर्दै तेश्रो बन्यो ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरियो । विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरे । उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरियो । तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति पाए ।

ब्वाइजमा एसकेसीका सौगात खत्री तथा गल्र्समा पेमा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १०० प्रतिशत छात्रवृत्ति दिइयो ।

विजेतालाई ऋतका निर्देशक राजेन्द्र केसी, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव र बास्केटबल प्रशिक्षक विनोद क्षेत्रीले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ९६ तथा गल्र्समा २४ गरी १ सय २० टिम सहभागी थिए ।

Published Date: 18 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास