एसकेसी र बलर्सलाई ऋत कप

एसकेसी र बलर्सलाई ऋत कप : Icon Khabar

काठमाडौं, असार ३ । एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । एसकेसी ब्वाइज तथा बलर्स गल्र्समा पहिलो भए ।

बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा एसकेसीले टाइम आउटलाई १२–१० ले पराजित ग¥यो । एसकेसीका सन्देश खड्काले ५ अंक जोडे । डियुबीएचले टुख्यालाई ६–५ ले हराउदै तेश्रो भयो ।

गल्र्सको उपाधि भिडन्तमा बलर्सले इन्साइट भिजनलाई ५–२ ले पाखा लगायो । बलर्सकी पेमा डोमा शेर्पाले ३ अंक जोडिन् । कथालयले राजधानीमाथि ११–५ को जित दर्ता गर्दै तेश्रो बन्यो ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले नगद पुरस्कारसहित ऋतमा कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरियो । विजेताले ७ हजार नगद पुरस्कारसहित १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरे । उपविजेतालाई ५ हजार नगदसहित ६० प्रतिशत छात्रवृत्ति प्रदान गरियो । तेश्रोले ३ हजार ५ सय नगदसहित ४० प्रतिशत छात्रवृत्ति पाए ।

ब्वाइजमा एसकेसीका सौगात खत्री तथा गल्र्समा पेमा डोमा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १०० प्रतिशत छात्रवृत्ति दिइयो ।

विजेतालाई ऋतका निर्देशक राजेन्द्र केसी, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव र बास्केटबल प्रशिक्षक विनोद क्षेत्रीले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ९६ तथा गल्र्समा २४ गरी १ सय २० टिम सहभागी थिए ।

Published Date: 18 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक