राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याज भुक्तानी गर्दा ५ प्रतिशत रकम छुट हुने

राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याज भुक्तानी गर्दा ५ प्रतिशत रकम छुट हुने : Icon Khabar

काठमाडौँ, असार ३ । राष्ट्रिय वाणिज्य बैंककाले कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने निर्णय गरेको छ । राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै बैंकले २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको ऋणमा छुट दिने भएकाे हाे।

बैंकका अनुसार ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल,सुक्ष्म निगरानी,कमसल, शंकास्पद,खराब) वा जतिसुकै अवधिको ओभरड्यू नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट दिइने भएकाे छ । यसैगरी, ब्याज छुट रकम सम्बन्धित ऋणीकाे खातामा फिर्ता/जम्मा गरिने पनि बैंकले जनाएकाे छ ।

बैंकको हाल ७ प्रदेश,७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय,५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग,क्यूआर काेड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग आरबीबी डिजिटल संसार तथा बिना ईन्टरनेट चल्ने यूएसएसडि बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Published Date: 18 June 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय