राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याज भुक्तानी गर्दा ५ प्रतिशत रकम छुट हुने

राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याज भुक्तानी गर्दा ५ प्रतिशत रकम छुट हुने : Icon Khabar

काठमाडौँ, असार ३ । राष्ट्रिय वाणिज्य बैंककाले कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरुलाई छुट दिने निर्णय गरेको छ । राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै बैंकले २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको ऋणमा छुट दिने भएकाे हाे।

बैंकका अनुसार ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल,सुक्ष्म निगरानी,कमसल, शंकास्पद,खराब) वा जतिसुकै अवधिको ओभरड्यू नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट दिइने भएकाे छ । यसैगरी, ब्याज छुट रकम सम्बन्धित ऋणीकाे खातामा फिर्ता/जम्मा गरिने पनि बैंकले जनाएकाे छ ।

बैंकको हाल ७ प्रदेश,७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय,५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग,क्यूआर काेड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग आरबीबी डिजिटल संसार तथा बिना ईन्टरनेट चल्ने यूएसएसडि बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

Published Date: 18 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक