काभा पुरुष भलिबलमा नेपाल मंगोलियासँग पराजित

काभा पुरुष भलिबलमा नेपाल मंगोलियासँग पराजित : Icon Khabar

काठमाडौं, असार ३ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा मंगोलियासँग पराजित भएको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाल मंगोलियासँग ३–१ को सेटमा पराजित भएको हो ।

मंगोलियाले नेपालमाथि २५–१९, २५–२०, २५–२७, २५–२० को नतिजा निकालेको थियो । लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ । यस्तै तेस्रो खेल मंगलबार इरान, चौथो खेल बिहीबार तुर्किमिनिस्तान, पाँचौं खेल किर्गिस्तानको ‘बी’सँग शुक्रबार र अन्तिम खेल आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।

सिङ्गल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । लिगको तेस्रो र चौथो टोलीबीत तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

Published Date: 18 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास