काभा पुरुष भलिबलमा नेपाल मंगोलियासँग पराजित

काभा पुरुष भलिबलमा नेपाल मंगोलियासँग पराजित : Icon Khabar

काठमाडौं, असार ३ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा मंगोलियासँग पराजित भएको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाल मंगोलियासँग ३–१ को सेटमा पराजित भएको हो ।

मंगोलियाले नेपालमाथि २५–१९, २५–२०, २५–२७, २५–२० को नतिजा निकालेको थियो । लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । नेपालले दोस्रो खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ । यस्तै तेस्रो खेल मंगलबार इरान, चौथो खेल बिहीबार तुर्किमिनिस्तान, पाँचौं खेल किर्गिस्तानको ‘बी’सँग शुक्रबार र अन्तिम खेल आइतबार उज्वेकिस्तानसँग खेल्नेछ ।

सिङ्गल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । लिगको तेस्रो र चौथो टोलीबीत तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

Published Date: 18 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक