आसिफ र कुशल दुर्लभ कीर्तिमान साझेदारी गर्दै आउट

आसिफ र कुशल दुर्लभ कीर्तिमान साझेदारी गर्दै आउट : Icon Khabar

काठमाडौं, असार ३ । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध दुर्लभ कीर्तिमानी साझेदारीका साथ आउट भएका छन् ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३४ ओभरमा २ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको छ । नेपालका कुशल मल्ल २ र रोहित पौडेल शून्यमा क्रिजमा छन् ।

नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी तोडेका हुन् ।

भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट हुन पुगे । उनी योर्कर बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुके ।

कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भए । आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए ।

Published Date: 18 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास