पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु, २० जनाभन्दा बढी घाइते

पाकिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु, २० जनाभन्दा बढी घाइते : Icon Khabar

इस्लामावाद, असार, ३ । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु  भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

राजमार्गमा जिल्लाको कल्लर कहार नजिकै बसको ब्रेक फेल भएर चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये कम्तीमा पाँच महिला र तीन बालबालिका छन् । सो बस सङ्घीय राजधानी इस्लामावादबाट पञ्जाबको प्रान्तीय राजधानी लाहोरका लागि जाँदै गरेको बेलामा दुर्घटना भएको हो ।

सूचना पाएपछि प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेलाई नजिकैको अस्पतालमा पुर्‍याएका थिए । दुर्घटनाको सूचना गर्दै प्रधानमन्त्री शाहबाज सरिफले क्षतिप्रति गहिरो शोक र दुःख व्यक्त गरेका छन्।

उनले दुर्घटनाको छानबिन गर्न निर्देशन दिँदै घाइतेलाई आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

Published Date: 18 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक