विश्व संगीत दिवस २०२३ को अवसरमा बुधबार भक्तपुरमा सांगीतिक कार्यक्रम हुने

विश्व संगीत दिवस २०२३ को अवसरमा बुधबार भक्तपुरमा सांगीतिक कार्यक्रम हुने : Icon Khabar

भक्तपुर, असार ३ । विश्व संगीत दिवस २०२३ को अवसरमा भक्तपुरमा यहि बुधबार (असार ६) गतेका दिन सांगीतिक उत्सव हुन लागेको छ।

भक्तपुरमा रहेका प्रतिभाशाली संगीतकार, गीतकार, चित्रकारलगायत संगीतप्रेमीहरुद्वारा सो कार्यक्रम आयोजना गर्न लागेको हो । भक्तपुरको देकोचामा अवस्थित स्वर्ग रेष्ट्रोमा हुन गइरहेको सो कार्यक्रममा भक्तपुरका चर्चित संगीतकार, गायक लगायत थुप्रै संगीतप्रेमी व्यक्तित्वहरुको उपस्थितिसँगै प्रस्तुति हुने भएको हो।

सो सांगीतिक उत्सवमा चर्चित गीत ओ चम्पाका गायक कुमा सागर, धिमे मैंचाले परिचित धिमे तथा नौ बाजा बादक इन्दिरा लाछिमस्यु, संजय शाही, थ्री वाइर्स ब्याण्ड, डीजे चावोस, सुज्वोल कपाली, युराज ताम्राकार , युकेश प्रजापति, डीजे सुनिल, शाहील मानन्धर, निकेश मानन्धर, अनुज प्राजपति लगायतका कलाकारहरुको प्रस्तुति हुनेछ।

कार्यक्रमका लागि साउण्ड बज, रोट्राक्ट कल्ब अफ भक्तपुर, माउण्ट भ्याली इङ्ग्लिश स्कूल, आइकन खबर डटकम, डोनेट नेपाल लगायतका संघ संस्थाको सहयोग हुनेछ। सो सांगीतिक कार्यक्रम दिउँसो २ बजेपछि सुरू हुनेछ भने प्रवेश शुल्क रू ३० रहेको छ।

Published Date: 18 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक