विश्व संगीत दिवस २०२३ को अवसरमा बुधबार भक्तपुरमा सांगीतिक कार्यक्रम हुने

विश्व संगीत दिवस २०२३ को अवसरमा बुधबार भक्तपुरमा सांगीतिक कार्यक्रम हुने : Icon Khabar

भक्तपुर, असार ३ । विश्व संगीत दिवस २०२३ को अवसरमा भक्तपुरमा यहि बुधबार (असार ६) गतेका दिन सांगीतिक उत्सव हुन लागेको छ।

भक्तपुरमा रहेका प्रतिभाशाली संगीतकार, गीतकार, चित्रकारलगायत संगीतप्रेमीहरुद्वारा सो कार्यक्रम आयोजना गर्न लागेको हो । भक्तपुरको देकोचामा अवस्थित स्वर्ग रेष्ट्रोमा हुन गइरहेको सो कार्यक्रममा भक्तपुरका चर्चित संगीतकार, गायक लगायत थुप्रै संगीतप्रेमी व्यक्तित्वहरुको उपस्थितिसँगै प्रस्तुति हुने भएको हो।

सो सांगीतिक उत्सवमा चर्चित गीत ओ चम्पाका गायक कुमा सागर, धिमे मैंचाले परिचित धिमे तथा नौ बाजा बादक इन्दिरा लाछिमस्यु, संजय शाही, थ्री वाइर्स ब्याण्ड, डीजे चावोस, सुज्वोल कपाली, युराज ताम्राकार , युकेश प्रजापति, डीजे सुनिल, शाहील मानन्धर, निकेश मानन्धर, अनुज प्राजपति लगायतका कलाकारहरुको प्रस्तुति हुनेछ।

कार्यक्रमका लागि साउण्ड बज, रोट्राक्ट कल्ब अफ भक्तपुर, माउण्ट भ्याली इङ्ग्लिश स्कूल, आइकन खबर डटकम, डोनेट नेपाल लगायतका संघ संस्थाको सहयोग हुनेछ। सो सांगीतिक कार्यक्रम दिउँसो २ बजेपछि सुरू हुनेछ भने प्रवेश शुल्क रू ३० रहेको छ।

Published Date: 18 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास