तपाईलाई नाइटोको बारेमा रोचक कुरा थाहा छ?

तपाईलाई नाइटोको बारेमा रोचक कुरा थाहा छ? : Icon Khabar

काठमाडौँ, पुष २०। पेटको बीच भागमा हुने नाइटो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो । हुन त नाइटोले हाम्रो शारीरिक क्रियाकलापमा कुनै योगदान गर्दैन तर यससँग जोडिएका रोचक जानकारीहरू तपाई आफै पनि राख्नुहोस।

– नाइटोमा करबि ६७ प्रकारका ब्याक्टेरिया हुन्छन् र यी ब्याक्टेरियाहरू हाम्रो शरीरका लागि अत्यन्त आवश्यक हुन्छन् ।

– जम्मा चार प्रतिशत व्यक्तिको नाइटो बाहिरतिर निस्केको हुन्छ ।

– महिला वा पुरुष कुनै पनि व्यक्तिको नाइटोको संरचना एकैजस्तो हुँदैन । सबैको नाइटोको आकार फरकफरक हुन्छ ।

– महिलाको नाइटो वरिपरि रौं हुँदैन जबकि धेरैजसो पुरुषको नाइटो वरिपरि रौं हुन्छ । यो हर्मोनको कारण भएको हो ।

– नाइटो स्तनधारी प्राणीहरूमा मात्र हुन्छ चाहे मनुष्य वा जनावर होस् ।

– केही अनुसन्धानकर्ताहरूका अनुसार पेटको ठीक बीचमा नाइटो हुने व्यक्तिका बच्चाहरू स्वस्थ जन्मिन्छन् ।

– भारत तथा चीनमा प्रचलित परम्परागत औषधोपचारमा सर्पले टोक्दा नाइटोको प्रयोग गरिन्छ ।

– भारतीय योगशास्त्रअनुसार मनुष्यका शरीरमा सात चक्र हुन्छन् जसमा एक नाभि/नाइटोमा विद्यमान छ ।

– नाइटोलाई पवित्र अंग पनि मानिन्छ । पुराणहरूमा भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भएको वर्णन आउँछ ।

– गर्भावस्थामा महिलाहरूको नाइटो बाहिर निस्कन्छ र उनीहरूको नाइटोको आकार सधैंका लागि बदलिन्छ ।

– नाइटोको सफाइका लागि एन्टीब्याक्टेरियल उत्पादन प्रयोग गर्नुहुँदैन । तिनले नाइटोका उपयोगी ब्याक्टेरिया नाश गरिदिन्छन् जसका कारण संक्रमणको खतरा आइलाग्छ । – एजेन्सीको सहयोगमा

Published Date: 04 January 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड