तपाईलाई नाइटोको बारेमा रोचक कुरा थाहा छ?

तपाईलाई नाइटोको बारेमा रोचक कुरा थाहा छ? : Icon Khabar

काठमाडौँ, पुष २०। पेटको बीच भागमा हुने नाइटो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो । हुन त नाइटोले हाम्रो शारीरिक क्रियाकलापमा कुनै योगदान गर्दैन तर यससँग जोडिएका रोचक जानकारीहरू तपाई आफै पनि राख्नुहोस।

– नाइटोमा करबि ६७ प्रकारका ब्याक्टेरिया हुन्छन् र यी ब्याक्टेरियाहरू हाम्रो शरीरका लागि अत्यन्त आवश्यक हुन्छन् ।

– जम्मा चार प्रतिशत व्यक्तिको नाइटो बाहिरतिर निस्केको हुन्छ ।

– महिला वा पुरुष कुनै पनि व्यक्तिको नाइटोको संरचना एकैजस्तो हुँदैन । सबैको नाइटोको आकार फरकफरक हुन्छ ।

– महिलाको नाइटो वरिपरि रौं हुँदैन जबकि धेरैजसो पुरुषको नाइटो वरिपरि रौं हुन्छ । यो हर्मोनको कारण भएको हो ।

– नाइटो स्तनधारी प्राणीहरूमा मात्र हुन्छ चाहे मनुष्य वा जनावर होस् ।

– केही अनुसन्धानकर्ताहरूका अनुसार पेटको ठीक बीचमा नाइटो हुने व्यक्तिका बच्चाहरू स्वस्थ जन्मिन्छन् ।

– भारत तथा चीनमा प्रचलित परम्परागत औषधोपचारमा सर्पले टोक्दा नाइटोको प्रयोग गरिन्छ ।

– भारतीय योगशास्त्रअनुसार मनुष्यका शरीरमा सात चक्र हुन्छन् जसमा एक नाभि/नाइटोमा विद्यमान छ ।

– नाइटोलाई पवित्र अंग पनि मानिन्छ । पुराणहरूमा भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भएको वर्णन आउँछ ।

– गर्भावस्थामा महिलाहरूको नाइटो बाहिर निस्कन्छ र उनीहरूको नाइटोको आकार सधैंका लागि बदलिन्छ ।

– नाइटोको सफाइका लागि एन्टीब्याक्टेरियल उत्पादन प्रयोग गर्नुहुँदैन । तिनले नाइटोका उपयोगी ब्याक्टेरिया नाश गरिदिन्छन् जसका कारण संक्रमणको खतरा आइलाग्छ । – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 04 January 2023
Website | + posts