स्केटिङमा खनालको निरन्तरता

स्केटिङमा खनालको निरन्तरता : Icon Khabar

काठमाडौं, जेठ २६ । नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघको चुनावी साधारण सभाले अच्यूत खनाललाई निरन्तरता दिदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सह–सचिवमा डिक्रकुमार घिमिरे तथा कोषध्यक्षमा रत्नकुमारी राई रहेका  छन् ।

राजकुमार घिमिरे, सिजम सिजाली, सन्दिप नेपाली, दिपेश आचार्य र माइकल बस्नेत सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मिनकुमार शर्माले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसअघि कुपण्डोलमा भएको साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

Published Date: 09 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक