नेपालले माल्दिभ्समा फाइभ नेसन्स कप खेल्ने

नेपालले माल्दिभ्समा फाइभ नेसन्स कप खेल्ने : Icon Khabar

काठमाडौं, जेठ २६ । नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले माल्दिभ्समा फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप खेल्ने भएको छ ।

जुन १४ देखि जुन २२ तारिखसम्म हुन लागेको प्रतियोगितामा नेपालले सहभागिता जनाउने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी गराए । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहने बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।

खेलाडीहरुमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् ।

प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । टोली सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ ।

Published Date: 09 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक