आज नेपालले नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्दै

आज नेपालले नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्दै : Icon Khabar

काठमाडौं, जेठ २७ । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । एक सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा नेपालको यो अन्तिम तयारी खेल हो । नेपाल आइतबार जिम्बावे जानेछ।

जिम्बावे र दक्षिण अफ्रिका वातावरण मिल्दोजुल्दो छ । त्यसैको कारण नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको हो । नेपाल, ओमान, नेदरल्यान्ड्स र स्कटल्यान्डले दक्षिण अफ्रिकामा आफ्नो अन्तिम तयारी गरेका छन् । नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । यो अभ्यास खेल हुँदा नेपाललाई आफ्नो गल्ती सुधार गर्ने राम्रो अवसर हुनेछ ।

नेपाल आइसिसी विश्वकप लिग २ मा शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा पुगेको हो । नेदरल्यान्ड्स १२ टेस्ट टोलीसँगै आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि विश्वकप छनोट खेल्न लागेको हो । नेदरल्यान्ड्स वर्तमान समयको एसोसिएटको एक उत्कृष्ट टोली हो । इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीको कारण विश्वकप छनोटमा नेदरल्यान्ड्सका केहि प्रमुख खेलाडी छैनन् । त्यसैले उसको लागि टोलीको स्तर परिक्षण गर्ने राम्रो अवसर हो ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

नेदरल्यान्ड्सको टोली :

स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।

Published Date: 10 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक