भक्तपुर घरेलु तथा साना उद्योग संघको योजना तर्जुमा गोष्ठी सम्पन्न

भक्तपुर घरेलु तथा साना उद्योग संघको योजना तर्जुमा गोष्ठी सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ २४ । भक्तपुर घरेलु तथा साना उद्योग संघको दुई बर्षे योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष लक्ष्मण ग्वाछाको विशेष अतिथि एव नेपाल घरेलु तथा साना उद्योग महासंघ तत्कालिन उपत्यका प्रदेशका अध्यक्ष श्री प्रकाश बहादुर कायस्थको सहजीकरणमा सम्पन भएको हो ।

सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले योजना तर्जुमा गोष्ठी संस्थाको मार्ग दर्शन भएको र योजना तर्जुमा गोष्ठीबाट आएको निचोडलाई आत्मासाथ गरी जानसके संघ अझ मजबुद हुने बताए ।

त्यसैगरी अतिथि ग्वाछाले विगतमा भएको योजना तर्जुमा गोष्ठीकै कारण संघले जग्गा खरिद गर्न सफल भएको र साथै भवन निर्माणको लागि पनि टेवा पुगेको अनुभव सुनाए।

संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले विगतको कार्यशाला गोष्ठीको दौरानमा संघले लिएको लक्ष्यहरुमा पुग्न सफल भएको हुन्दा यस कार्यशाला गोष्ठीबाट पनि संघलाई निश्चित विन्दुमा पुर्याउने धारणा व्यक्त गरे ।

संघका अध्यक्ष प्रेमकृ्ष्ण खर्बुजाको अध्यक्षतामा भएको सो कार्यशाला गोष्ठीमा संघका सचिव श्यामसुन्दर श्रेष्ठ तथा महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठ लगायतले कार्यशाला गोष्ठीको औचित्य माथि प्रकास पारेका थिए।

Published Date: 07 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास