भक्तपुर घरेलु तथा साना उद्योग संघको योजना तर्जुमा गोष्ठी सम्पन्न

भक्तपुर घरेलु तथा साना उद्योग संघको योजना तर्जुमा गोष्ठी सम्पन्न : Icon Khabar

भक्तपुर, जेठ २४ । भक्तपुर घरेलु तथा साना उद्योग संघको दुई बर्षे योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा भक्तपुर घरेलु बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष लक्ष्मण ग्वाछाको विशेष अतिथि एव नेपाल घरेलु तथा साना उद्योग महासंघ तत्कालिन उपत्यका प्रदेशका अध्यक्ष श्री प्रकाश बहादुर कायस्थको सहजीकरणमा सम्पन भएको हो ।

सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले योजना तर्जुमा गोष्ठी संस्थाको मार्ग दर्शन भएको र योजना तर्जुमा गोष्ठीबाट आएको निचोडलाई आत्मासाथ गरी जानसके संघ अझ मजबुद हुने बताए ।

त्यसैगरी अतिथि ग्वाछाले विगतमा भएको योजना तर्जुमा गोष्ठीकै कारण संघले जग्गा खरिद गर्न सफल भएको र साथै भवन निर्माणको लागि पनि टेवा पुगेको अनुभव सुनाए।

संघका निवर्तमान अध्यक्ष विरेन्द्र जतिले विगतको कार्यशाला गोष्ठीको दौरानमा संघले लिएको लक्ष्यहरुमा पुग्न सफल भएको हुन्दा यस कार्यशाला गोष्ठीबाट पनि संघलाई निश्चित विन्दुमा पुर्याउने धारणा व्यक्त गरे ।

संघका अध्यक्ष प्रेमकृ्ष्ण खर्बुजाको अध्यक्षतामा भएको सो कार्यशाला गोष्ठीमा संघका सचिव श्यामसुन्दर श्रेष्ठ तथा महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठ लगायतले कार्यशाला गोष्ठीको औचित्य माथि प्रकास पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 June 2023
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन