कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँसहित एक जना पक्राउ

कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँसहित एक जना पक्राउ : Icon Khabar

कपिलवस्तु, जेठ २४ । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले दुई नम्बर यात्रु गेटबाट नेपाल आउँदैगरेको व्यक्तिबाट ४ लाख १७ हजार भारु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए।

रकमसहित पक्राउ पर्नेमा दाङ जिल्ला राप्ती गाउँपालिका –३ बस्ने २२ वर्षीय राजकुमार पुन मगर रहेको प्रहरीले जनाएको छ । मगरबाट भारतीय रुपियाँ ५ सयको ७९४ थान र २ सयको थान प्रहरीले बरामद गरेको छ । मगरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 June 2023
Website | + posts