वातावरण संरक्षण मञ्चद्वारा वृक्षरोपण

वातावरण संरक्षण मञ्चद्वारा वृक्षरोपण : Icon Khabar

भक्तपुर, जेठ २१ । विश्व वातावरण दिवशको अवसरमा वातावरण संरक्षण मञ्चको आयोजनामा त्रिनेत्र र शुभकामना साकोस सँग सहकार्य गर्दै शनिबार चांगुनारायण नगरपालिकाको मुहानपोखरी स्थित बहालवनमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रमका प्रमख अतिधि चानपा वडा नं. ७ का वडाध्यक्ष श्यामकृष्ण नायजूले वृक्षरोपणको महत्व सदैव रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले वातावरणको सन्तुलन कायम राख्न वृक्षरोपणको आवश्यकता रहेको बताउँदै जलवायु परिवर्तन रोक्न डिजेल र पेट्रोलियम सवारीमा वैकल्पिक उर्जाको प्रयोगलाई जोड दिए ।

उक्त बहालवन उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद लामिछाने लगायत त्रिनेत्र र शुभकामना सहकारीका प्रतिनिधिहरुले सामाजिक दायित्व अन्तर्गत सो वृक्षरोपण कार्यक्रममा सहभागी भएको बताएका थिए ।

सोही वृक्षरोपण कार्यक्रममा आयोजक वातावरण संरक्षण मञ्चका महासचिव मणिराम लामिछानेले कपुर, राजवृक्ष, श्रीखण्ड, कल्की, अम्बा ओखर, पारिजात, बिकरान्त, बेलपत्र, अमला तथा लप्सी जातका १५० वटा विरुवा रोपेको बताएको छ ।

Published Date: 04 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास