वातावरण संरक्षण मञ्चद्वारा वृक्षरोपण

वातावरण संरक्षण मञ्चद्वारा वृक्षरोपण : Icon Khabar

भक्तपुर, जेठ २१ । विश्व वातावरण दिवशको अवसरमा वातावरण संरक्षण मञ्चको आयोजनामा त्रिनेत्र र शुभकामना साकोस सँग सहकार्य गर्दै शनिबार चांगुनारायण नगरपालिकाको मुहानपोखरी स्थित बहालवनमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रमका प्रमख अतिधि चानपा वडा नं. ७ का वडाध्यक्ष श्यामकृष्ण नायजूले वृक्षरोपणको महत्व सदैव रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।

आयोजक संस्थाका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले वातावरणको सन्तुलन कायम राख्न वृक्षरोपणको आवश्यकता रहेको बताउँदै जलवायु परिवर्तन रोक्न डिजेल र पेट्रोलियम सवारीमा वैकल्पिक उर्जाको प्रयोगलाई जोड दिए ।

उक्त बहालवन उपभोक्ता समितिका अध्यक्ष राम प्रसाद लामिछाने लगायत त्रिनेत्र र शुभकामना सहकारीका प्रतिनिधिहरुले सामाजिक दायित्व अन्तर्गत सो वृक्षरोपण कार्यक्रममा सहभागी भएको बताएका थिए ।

सोही वृक्षरोपण कार्यक्रममा आयोजक वातावरण संरक्षण मञ्चका महासचिव मणिराम लामिछानेले कपुर, राजवृक्ष, श्रीखण्ड, कल्की, अम्बा ओखर, पारिजात, बिकरान्त, बेलपत्र, अमला तथा लप्सी जातका १५० वटा विरुवा रोपेको बताएको छ ।

Published Date: 04 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक