चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्माद्वारा ख्वप अस्पताल निरीक्षण

चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्माद्वारा ख्वप अस्पताल निरीक्षण : Icon Khabar

भक्तपुर जेठ २१ । चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्माले जेठ १८ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका भौतिक पूर्वाधारहरुको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

शर्माले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटी ख्वप अस्पताल सञ्चालनको उद्देश्य र अस्पतालबाट प्रवाहित सेवा सुविधा र आगामी योजनाहरुबारे विस्तृतमा जानकारी लिएका थिए ।

भेटमा निर्देशक शर्माले स्थानीय तहबाट सञ्चालित ख्वप अस्पताल वास्तवमै देशकै लागि उदाहरणीय कार्य भएको बताउँदै अस्पतालले व्यापक जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकोमा खुशी व्यक्त गरे ।

Published Date: 04 June 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास