ज्लाटनद्धारा सन्यास घोषणा

ज्लाटनद्धारा सन्यास घोषणा : Icon Khabar

काठमाडौँ, जेठ २२ । इटालियन क्लब एसी मिलानका स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

४१ वर्षीय ज्लाटनले इटालियन सिरी ‘ए’ को खेलसँगै सबैखाले फुटबलबाट सन्यास लिएको बताएका छन् । ‘म फुटबललाई गुडवाई भन्छु तर तपाईलाई होइन ।’ आइतबार सिजनको अन्तिम खेलपछि सान सिरो भीडलाई ज्लाटनले भने ।

इब्राहिमोभिचले यसअघि नै इटालियन क्लब छाड्ने घोषणा गरिसकेका थिए । उनले पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र एसी र इन्टर मिलान जस्ता क्लबहरूका लागि ५११ गोल गरिसकेका छन् । चार देशमा उपाधिसमेत जितिसकेका छन् ।

इब्राहिमोभिकले सन् २०२० को शुरुमा एसी मिलानसँग आफ्नो दोस्रो स्पेल सुरु गरेका थिए । त्यसअघि उनले सन् २०११ देखि मिलानमा खेलेका थिए । लगातार चोटका कारण उनले यो सिजन चार खेल मात्रै खेले । यस अवधिमा उनले सिरी ‘ए’ मा एक खेलमा पहिलो रोजाईमा खेल्दा एक गोल गरेका छन् ।

‘अहिले मेरो लागि धेरै भावनाहरू छन् । फोर्जा मिलान गुडवाई ।’ इब्राहिमोभिकले आँसु थाम्दै भने, ‘पहिलो पल्ट म यहाँ आए । मलाई खुशी दियौ, दोस्रो पटक माया दियौ । खुल्ला हातले स्वागत गर्नुभयो, तपाईंले मलाई घर महसुस गराउनुभयो, म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु ।’

इब्राहिमोभिचले १४ लिग उपाधिसहित ३४ ट्रफी जितेका छन् । ११ पटक बालोन डी’ओरको लागि मनोनित भएपनि बालोन डिओर भने जित्न सकेन । आफ्नो समयमा च्याम्पियन्स लिग जित्न नसकेको ज्लाटनले सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट युरोपा लिग जितेका छन् ।

ज्लाटन १२२ खेलमा ६२ अन्तर्राष्ट्रिय गोलसहित स्विडेनको सर्वकालीन शीर्ष गोलकर्तासमेत हुन् । उनले युरो २०१६ पछि राष्ट्रिय टोली छाडेका थिए । तर, उनले २०२१ मा सन्यास फिर्ता लिदै राष्ट्रिय टोलीमा फर्किएका थिए ।

इब्राहिमोभिचले आफ्नो व्यावसायिक करियर सन् १९९९ मा स्वीडिस क्लब माल्मोबाट सुरु गरेका थिए । सन् २००१ पछि डच क्लब आयाक्समा ३ वर्ष बिताउँदा तीन उपाधि जित्न सफल भएका थिए ।

सन् २००४ मा युभेन्ट्स पुगेका ज्लाटनले दुई लिग उपाधि जिते । सन् २००९ मा बार्सिलोना जानुअघि ज्लाटनले इन्टर मिलानसँग थप तीनवटा सेरी ए उपाधि जित्यो ।

इब्राहिमोभिकले क्याटालान क्लबमा मात्र एक सिजन बिताउँदा ला लिगा जित्न सफल भए । त्यसको एक सिजनपछि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगे । त्यहा चार सिजन बिताएका उनले १२२ लिग खेलमा ११३ गोलसँगै चार लिग वान उपाधि र १ अर्काे ट्रफी जिते ।

सन् २०१६ मा उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा पुग्यो । त्यहाँ उनले लिग कप र युरोपा लिग जित्यो । सन् २०१८ मा ज्लाटन अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीमा दुई वर्ष रहे । त्यसपछि उनी मिलान फर्किएका थिए ।

Published Date: 05 June 2023








ताजा
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ