ज्लाटनद्धारा सन्यास घोषणा

ज्लाटनद्धारा सन्यास घोषणा : Icon Khabar

काठमाडौँ, जेठ २२ । इटालियन क्लब एसी मिलानका स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

४१ वर्षीय ज्लाटनले इटालियन सिरी ‘ए’ को खेलसँगै सबैखाले फुटबलबाट सन्यास लिएको बताएका छन् । ‘म फुटबललाई गुडवाई भन्छु तर तपाईलाई होइन ।’ आइतबार सिजनको अन्तिम खेलपछि सान सिरो भीडलाई ज्लाटनले भने ।

इब्राहिमोभिचले यसअघि नै इटालियन क्लब छाड्ने घोषणा गरिसकेका थिए । उनले पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड र एसी र इन्टर मिलान जस्ता क्लबहरूका लागि ५११ गोल गरिसकेका छन् । चार देशमा उपाधिसमेत जितिसकेका छन् ।

इब्राहिमोभिकले सन् २०२० को शुरुमा एसी मिलानसँग आफ्नो दोस्रो स्पेल सुरु गरेका थिए । त्यसअघि उनले सन् २०११ देखि मिलानमा खेलेका थिए । लगातार चोटका कारण उनले यो सिजन चार खेल मात्रै खेले । यस अवधिमा उनले सिरी ‘ए’ मा एक खेलमा पहिलो रोजाईमा खेल्दा एक गोल गरेका छन् ।

‘अहिले मेरो लागि धेरै भावनाहरू छन् । फोर्जा मिलान गुडवाई ।’ इब्राहिमोभिकले आँसु थाम्दै भने, ‘पहिलो पल्ट म यहाँ आए । मलाई खुशी दियौ, दोस्रो पटक माया दियौ । खुल्ला हातले स्वागत गर्नुभयो, तपाईंले मलाई घर महसुस गराउनुभयो, म मेरो बाँकी जीवनको लागि मिलानिस्टा हुनेछु ।’

इब्राहिमोभिचले १४ लिग उपाधिसहित ३४ ट्रफी जितेका छन् । ११ पटक बालोन डी’ओरको लागि मनोनित भएपनि बालोन डिओर भने जित्न सकेन । आफ्नो समयमा च्याम्पियन्स लिग जित्न नसकेको ज्लाटनले सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट युरोपा लिग जितेका छन् ।

ज्लाटन १२२ खेलमा ६२ अन्तर्राष्ट्रिय गोलसहित स्विडेनको सर्वकालीन शीर्ष गोलकर्तासमेत हुन् । उनले युरो २०१६ पछि राष्ट्रिय टोली छाडेका थिए । तर, उनले २०२१ मा सन्यास फिर्ता लिदै राष्ट्रिय टोलीमा फर्किएका थिए ।

इब्राहिमोभिचले आफ्नो व्यावसायिक करियर सन् १९९९ मा स्वीडिस क्लब माल्मोबाट सुरु गरेका थिए । सन् २००१ पछि डच क्लब आयाक्समा ३ वर्ष बिताउँदा तीन उपाधि जित्न सफल भएका थिए ।

सन् २००४ मा युभेन्ट्स पुगेका ज्लाटनले दुई लिग उपाधि जिते । सन् २००९ मा बार्सिलोना जानुअघि ज्लाटनले इन्टर मिलानसँग थप तीनवटा सेरी ए उपाधि जित्यो ।

इब्राहिमोभिकले क्याटालान क्लबमा मात्र एक सिजन बिताउँदा ला लिगा जित्न सफल भए । त्यसको एक सिजनपछि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगे । त्यहा चार सिजन बिताएका उनले १२२ लिग खेलमा ११३ गोलसँगै चार लिग वान उपाधि र १ अर्काे ट्रफी जिते ।

सन् २०१६ मा उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा पुग्यो । त्यहाँ उनले लिग कप र युरोपा लिग जित्यो । सन् २०१८ मा ज्लाटन अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सीमा दुई वर्ष रहे । त्यसपछि उनी मिलान फर्किएका थिए ।

Published Date: 05 June 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक