चार उसु निर्णायक इन्डोनेसिया प्रस्थान

चार उसु निर्णायक इन्डोनेसिया प्रस्थान : Icon Khabar

काठमाडौं, जेठ १६ । इन्टरनेसनल उसु जजेज ट्रेनिङ तथा सर्टिफिकेसन कोर्समा सहभागी हुन उसुका ४ सदस्यीय निर्णायक टोली मंगलबार इन्डोनेसियाको बाली प्रस्थान गरेका छन् ।

मे ३१ देखि जुन ६ तारिखसम्म हुने कोर्सको थाउलोमा विनोद मारिक, विशाल थापा सिन्जाली र मन्जुर महर्जन तथा सान्सौंमा रतनबहादुर खातीले सहभागिता जनाउने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल उसु महासंघका अध्यक्ष समेत रहेका राखेपका सदस्य जनक बर्तौलालगायतले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Published Date: 30 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास