चार दिने प्राङ्गारिक कृषि प्रवर्धन तालिम सुरु

चार दिने प्राङ्गारिक कृषि प्रवर्धन तालिम सुरु : Icon Khabar

भक्तपुर जेठ १६ । भक्तपुर नपा वडा नम्बर २ को आयोजनामा चार दिने प्राङ्गारिक कृषि प्रवर्धन तालिम सुरु भएको छ । तालिमको उद्घाटन गदैँ वडा अध्यक्ष हरि प्रसाद बासुकलाले नपाको कृषि समिति मार्फत किसान लक्षित विविध गतिविधि संचालन गरिरहेको बताउदैँ प्राङ्गारिक कृषि प्रवर्धन तालिम संचालनबाट विषादीरहित तरकारी उत्पादन, मलको उत्पादन र प्रयोग र व्यवसायीक उत्पादनमा समेत टेवा पुग्ने बताए ।

अध्यक्ष बासुकलाले भक्तपुर नपाले केषि अन्तर्गतनै कौसी खेती लगाएत विभिन्न तालिमहरु संचालमा निरन्तरता दिंदै आएको बताउदैँ कृषि उत्पादन बढेमा निर्यातित कृषि जन्य वस्तुहरुलाई प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई गुणस्तरी बनाउन सक्ने बताए । उनले युवा स्वरोजगारका लागि विशेषगरि युवा लक्षित तालिमहरु संचालन गरिरहेको पनि बताए ।

कार्यक्रममा प्रशिक्षक रमेश बैद्यले आम जनमानसमा खाद्यान्न पूर्तिगर्न उत्पादन बढाउनको लागि विषदी तथा रसायनीक मलको बढ्दो प्रयोगले विभिन्न रोगहरु लाग्ने हुनाले विषदीरहित प्राङ्गारिक मलको प्रायोग गरि उत्पादन बढाउनु आजको आवश्यता रहेको बताए ।

कृषि उपसमितिका संयोजक रत्नकाजी नायोभारीको सभापतित्वमा संचालित उक्त कार्यक्रममा गणेश प्रसाद सुवाल , लक्ष्मी नाारायण सुवाल र राजाराम बासुकलाले तालिम संचालनको उद्देश्य र महत्वबारे जानकारी दिएका थिए ।

Published Date: 30 May 2023








ताजा
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ