जावलाखेलले आर्मीलाई हरायो

जावलाखेलले आर्मीलाई हरायो : Icon Khabar

काठमाडौँ, जेठ १६ । एनकोटो मासोएवीको दुई गोल मद्दतमा जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।

जावलाखेलले आर्मीलाई २–० ले पराजित गर्दै उपाधि जित्ने सम्भावना कायमै राखेको हो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोएवीले दोस्रो हाफमा गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोलको अवसर खेर फालेका थिए । ५५औं मिनेटमा मासोएवीले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए ।

विनोद केसीको क्रस डिफेन्स लाइनमा क्लियर हुन नसकेपछि समिराज थोकरले दिएको पासमा मासोएवीले वान टचमा गरेको फितलो प्रहार गोलरक्षक विकेशको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

एक गोलले पछि परेको आर्मीले त्यसपछि आक्रामक खेल पस्किएपनि काउन्टर अट्याकमा गोल खाँदै पराजित हुन पुग्यो । ८०औं मिनेटमा काउन्टर अट्याककै आसोएवीले गोल गर्दे जावलाखेलको जित पक्का गराए ।

फोडे फोफानाले आर्मीका डिफेन्डरलाई बिट गर्दै दिएको क्रसमा अनमार्क रहेका मासोएवीले हेडरमार्फत सहज गोल गर्न सफल भए । यस जितले दोस्रो स्थानमा उक्लिएको जावलाखेलको २३ खेलबाट ३७ अंक पुगेको छ ।

जावलाखेलले पाँचौ खेलपछि जित निकालेको हो । फ्रेन्ड्सलाई ४–१ ले पराजित गरेयता जावलाखेलले चार खेलमा जित निकाल्न सकेको थिएन । पराजित आर्मी २३ खेलबाट ३० अंक जोडेर पाँचौ स्थानमा यथावत छ ।

Published Date: 30 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास