जावलाखेलले आर्मीलाई हरायो

जावलाखेलले आर्मीलाई हरायो : Icon Khabar

काठमाडौँ, जेठ १६ । एनकोटो मासोएवीको दुई गोल मद्दतमा जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।

जावलाखेलले आर्मीलाई २–० ले पराजित गर्दै उपाधि जित्ने सम्भावना कायमै राखेको हो । जावलाखेलको जितमा दुवै गोल एनकोटो मासोएवीले दोस्रो हाफमा गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोलको अवसर खेर फालेका थिए । ५५औं मिनेटमा मासोएवीले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए ।

विनोद केसीको क्रस डिफेन्स लाइनमा क्लियर हुन नसकेपछि समिराज थोकरले दिएको पासमा मासोएवीले वान टचमा गरेको फितलो प्रहार गोलरक्षक विकेशको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

एक गोलले पछि परेको आर्मीले त्यसपछि आक्रामक खेल पस्किएपनि काउन्टर अट्याकमा गोल खाँदै पराजित हुन पुग्यो । ८०औं मिनेटमा काउन्टर अट्याककै आसोएवीले गोल गर्दे जावलाखेलको जित पक्का गराए ।

फोडे फोफानाले आर्मीका डिफेन्डरलाई बिट गर्दै दिएको क्रसमा अनमार्क रहेका मासोएवीले हेडरमार्फत सहज गोल गर्न सफल भए । यस जितले दोस्रो स्थानमा उक्लिएको जावलाखेलको २३ खेलबाट ३७ अंक पुगेको छ ।

जावलाखेलले पाँचौ खेलपछि जित निकालेको हो । फ्रेन्ड्सलाई ४–१ ले पराजित गरेयता जावलाखेलले चार खेलमा जित निकाल्न सकेको थिएन । पराजित आर्मी २३ खेलबाट ३० अंक जोडेर पाँचौ स्थानमा यथावत छ ।

Published Date: 30 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक