महोत्तरीमा दिनदहाडै लुटियो एनएमबी बैंक

महोत्तरीमा दिनदहाडै लुटियो एनएमबी बैंक : Icon Khabar

महोत्तरी, जेठ १६ । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ। महोत्तरी गाउँपालिकाको वडा नम्बर २ मा रहेको सो बैंकमा हतियारसहित पुगेका चार जनाको समूहले ग्राहकलाई थर्काउँदै कर्मचारीलाई नियन्त्रण लिएर ३५ लाख बढी रकम लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् । उनले लुटिएको रकममा २३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।

Published Date: 30 May 2023