नेप्सेमा उच्च गिरावट, ५३.१६ अंकले घट्यो

नेप्सेमा उच्च गिरावट, ५३.१६ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १६ । मंगलबार नेप्से परिसूचक ५३.१६ अंक घटेर १८८८.६१ विन्दुमा झरेको छ।

नेप्से घटेपनि आजको कारोबार रकम २ अर्ब नाघेको छ। यस दिन २७५ स्टकको ४० हजार ६३४ पटकको कारोबारमा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको ७० लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 30 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास