सन्दीपविरूद्व मुद्दाको आज पनि भएन अन्तिम सुनुवाइ

सन्दीपविरूद्व मुद्दाको आज पनि भएन अन्तिम सुनुवाइ : Icon Khabar

काठमाडौं, जेठ १६ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाई आज (मंगलबार) पनि स्थगित भएको छ । उनको मुद्दाको फैसलाका लागिा पेसी तोकिएकोमा आज पनि स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको थियो ।

किशोरीले सन्दीपविरूद्व क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै दिएको निवेदनलाई पनि सँगै राखेर सुनुवाई गर्ने भन्दै न्यायाधीस राइले सुनुवाई स्थगित गरेका हुन् । यसअघि पनि पटक–पटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिएको धकेलिदै आएको छ । अब अर्काे पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ ।

सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग भोलि बुधबार नै दक्षिण अफ्रिका जाने तालिका छ । अर्को पेसी उनको क्रिकेट यात्रालाई असर नपर्नेगरी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन् । दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरेको छ ।

Published Date: 30 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास