सन्दीपविरूद्व मुद्दाको आज पनि भएन अन्तिम सुनुवाइ

सन्दीपविरूद्व मुद्दाको आज पनि भएन अन्तिम सुनुवाइ : Icon Khabar

काठमाडौं, जेठ १६ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाई आज (मंगलबार) पनि स्थगित भएको छ । उनको मुद्दाको फैसलाका लागिा पेसी तोकिएकोमा आज पनि स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको थियो ।

किशोरीले सन्दीपविरूद्व क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै दिएको निवेदनलाई पनि सँगै राखेर सुनुवाई गर्ने भन्दै न्यायाधीस राइले सुनुवाई स्थगित गरेका हुन् । यसअघि पनि पटक–पटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला पछि धकेलिएको धकेलिदै आएको छ । अब अर्काे पेसी कहिले तोक्ने भन्नेबारे आजै टुंगो लगाउने तयारी गरिएको छ ।

सन्दीप राष्ट्रिय क्रिकेट टोलीसँग भोलि बुधबार नै दक्षिण अफ्रिका जाने तालिका छ । अर्को पेसी उनको क्रिकेट यात्रालाई असर नपर्नेगरी तोक्न माग गर्दै सन्दीप पक्षका वकिलले अदालतमा निवेदन दिने तयारी गरेका छन् । दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरेको छ ।

Published Date: 30 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक