भक्तपुर नपा वडा नं २ मा कादम्बरी कलेजका विद्यार्थीहरुको अध्ययन भ्रमण

भक्तपुर नपा वडा नं २ मा कादम्बरी कलेजका विद्यार्थीहरुको अध्ययन भ्रमण : Icon Khabar

भक्तपुर, जेठ १६ । सामाजिक अध्ययन र सिकाईका लागि काठमाडौँ, बुद्धनगरमा रहेको कादम्बरी मेमोरियल कलेजको स्नातक तह दोश्रो सेमेष्टर, सामाजिक कार्यमा अध्ययनरत विद्यार्थीहरुले भक्तपुर नगरपालिका वडा नं २ को अवलोकन गरेका छन्।

सो अध्ययन/अवोलोकनको क्रममा सहभागी विद्यार्थीहरुले भनपा वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलालाई आ आफ्नो जिज्ञासा राखेका थिए । समुदायमा सामाजिक नक्साङ्कन कार्य गर्नुका साथै वडाका विविध कार्यहरुको जानकारी लिंदै वडा नं २ को भ्रमण पनि गरेका थिए।

सोही कार्यक्रमा विद्यार्थीहरुले सन्देशमूलक नाटक पनि प्रस्तुत गरेका थिए। आजभोलिको आधुनिक जीवनशैलीसँगै छोराछोरीहरु विदेश पलायन हुने क्रम बढ्दै गरेको अवस्थामा जेष्ठ अभिभावकहरूको जीवनयापनमा दैनिक जसो समस्या आइरहेको कुरालाई समेटेर नाटक प्रस्तुत गरेका थिए।

उक्त नाटकले परिवारका जेष्ठ सदस्यलाई सम्मान, सद्भाव र साथ दिनु हरेक छोराछोरीको कर्तव्य हो भन्ने मूल सन्देश प्रदान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 May 2023
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू