आज काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धीको मुद्दा सुनुवाइ हुँदै

आज काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धीको मुद्दा सुनुवाइ हुँदै : Icon Khabar

काठमाडौं, जेठ १६ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको थियो ।

यही जेठ १० गते काठमाडौं जिल्ला अदालतमा दायर भएको ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा यही जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरूको बयान लिन थालिएको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, नेपाली कांग्रेस नेता बालकृष्ण खाण, पूर्व सभासद् आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनालाई प्रतिवादी बनाएर मुघा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 May 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३२ अंकले घट्यो
कक्षा ११ को अध्ययनका लागि श्री पद्म माध्यमिक विद्यालय नै किन ?
स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएका सबैको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला