मलेसियामाथि नेपालको उत्कृष्ट जित

मलेसियामाथि नेपालको उत्कृष्ट जित : Icon Khabar

काठमाडौं, जेठ १६ । नेपालले दोस्रो महिला टि२० आई खेलमा घरेलु टोली मलेसियामाथि ७ विकेटको उत्कृष्ट जित हात पारेको छ । योसँगै नेपालले पाँच महिला टि२० आई खेलको सिरिज १(१ को बराबरी गर्न सफल भएको छ ।

जितको लागि ९७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रुविना क्षेत्री बेलबासे २१ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहिन् ।

नेपाललाई ओपनर कविता कुँवर र सीता रानामगरले राम्रो सुरुवात दिलाउँदै जितको आधार तय गरेका थिए । कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाइन् । त्यस्तै अर्की ओपनर सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित २३ रनमा बोल्ड आउट भइन् ।

सीता निक नुर अतालियाको बलमा बोल्ड भएकी थिइन् । विन्दु रावल १८ बलमा २ चौकासहित १७ रनमा क्याच आउट भइन् । सम्झना खड्का २ रनमा नटआउट रहिन् । मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । तर त्यो नेपाली ब्याटर सामु जित निकाल्न पर्याप्त भएन ।

मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएकी थिइन् । विनीफ्रेदलाई रविना क्षेत्री बेलबासेले २६ बलमा ३ चौकासहित २० रनमा बोल्ड गरिन् । जुलिया ३५ बलमा २० रनमा आउट भइन् । उनी इन्दु बर्माको बलमा सम्झना खड्काबाट क्याच आउट भइन् । रुविनाले नै एलिसालाई एलबीडब्लू आउट गरिन् । हामिजाह हाशिम १६ बलमा १४ रनमा नटआउट रहिन् ।

नेपालको रुविना क्षेत्रीबेलबासेले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।कविता कुँवरले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा मलेसियासँग ५० रनमा अल आउट हुँदै ५ विकेटले पराजित भएको थियो । जुन नेपालले मलेसियासँग महिला टि२० आई खेलमा हारेको पहिलो खेल थियो । जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ । जेठ २० र २१ (जुन ३ र ४) मा नेपालले चौथो र पाँचौं खेल खेल्नेछ।

नेपालको टोली :

रुविना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 May 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित