आज सुनको मूल्य प्रतितोला रू २४०० ले बढ्यो, प्रतितोलाको मूल्य कति ?

आज सुनको मूल्य प्रतितोला रू २४०० ले बढ्यो, प्रतितोलाको मूल्य कति ? : Icon Khabar

काठमाडौँ, जेठ १६ । मंगलबार सुन प्रतितोला २ हजार ४०० रुपैयाँले महंगिएको हो । चाँदीको भाउ पनि यस दिन १५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ तोकिएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँ पुगेको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । हिजो भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 30 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक