लुम्बिनी विकास बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन खुला

लुम्बिनी विकास बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन खुला : Icon Khabar

काठमाडौं, जेठ १६ । लुम्बिनी विकास बैंकले आजदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको हो ।

यसमध्ये ६०% अर्थात् ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ । यसमध्ये सामूहिक लगानी कोषलाई २० हजार इकाई सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लुम्बिनीले १० वर्ष अवधिको ‘११% एलबीबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ११% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यस ऋणपत्रमा जेठ १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

Published Date: 30 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक