बाणिज्य बैंकले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

बाणिज्य बैंकले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने : Icon Khabar

काठमाडौँ, जेठ ३ । राष्ट्रिय बाणिज्य बैंकले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठक र बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठबीच बुधबार भेटवार्ता भएको थियो ।

प्रिमियर कपमा रहेका १४ र ४ वैकल्पिक खेलाडी गरि कुल १८ खेलाडीलाई बाणिज्य बैंकले जनही एक लाख रुपैयाँ दिने भएको छ । त्यस्तै टोलीका मुख्य प्रशिक्षक सहित अन्य सबै अफिसललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ ।

पाठकले आगमी दिनमा दीर्घकालिन रुपमा अघि बढ्ने छलफल समेत भएको बताएका छन् । ‘हामी दीर्घकालिन रुपमा अघि बढ्ने छलफल पनि भएको छ । वहाँहरु पनि सकरात्मकनै हुनुन्छ । आगमी दिनमा सम्झौता गरेर अघि बढ्छौं होला’, पाठकले हाम्रो खेलकुदसँग भने ।

सरकारले भने प्रिमियर कप विजेता टोलीका हरेक सदस्य खेलाडी र मुख्य प्रशिक्षक मोन्टि देशाईलाई जनही ६ लाख दिने घोषणा गरेको थियो । त्यस्तै टोलीका अन्य व्यवस्थापक र साहयक प्रशिक्षकहरुलाई भने समान तीन लाख दिने भएको छ ।

नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको थियो।

एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

Published Date: 17 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास