बाणिज्य बैंकले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

बाणिज्य बैंकले क्रिकेट खेलाडीलाई जनही एक लाख दिने : Icon Khabar

काठमाडौँ, जेठ ३ । राष्ट्रिय बाणिज्य बैंकले एसिसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठक र बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठबीच बुधबार भेटवार्ता भएको थियो ।

प्रिमियर कपमा रहेका १४ र ४ वैकल्पिक खेलाडी गरि कुल १८ खेलाडीलाई बाणिज्य बैंकले जनही एक लाख रुपैयाँ दिने भएको छ । त्यस्तै टोलीका मुख्य प्रशिक्षक सहित अन्य सबै अफिसललाई जनही ५० हजार रुपैयाँ दिने भएको छ ।

पाठकले आगमी दिनमा दीर्घकालिन रुपमा अघि बढ्ने छलफल समेत भएको बताएका छन् । ‘हामी दीर्घकालिन रुपमा अघि बढ्ने छलफल पनि भएको छ । वहाँहरु पनि सकरात्मकनै हुनुन्छ । आगमी दिनमा सम्झौता गरेर अघि बढ्छौं होला’, पाठकले हाम्रो खेलकुदसँग भने ।

सरकारले भने प्रिमियर कप विजेता टोलीका हरेक सदस्य खेलाडी र मुख्य प्रशिक्षक मोन्टि देशाईलाई जनही ६ लाख दिने घोषणा गरेको थियो । त्यस्तै टोलीका अन्य व्यवस्थापक र साहयक प्रशिक्षकहरुलाई भने समान तीन लाख दिने भएको छ ।

नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले २१ वर्षपछि एसिया कपमा स्थान बनाएको थियो।

एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

Published Date: 17 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक