जस्तोसुकै दबाब वा प्रभाव आए पनि अनुसन्धान प्रभावित हुने छैन: उप्रधानमन्त्री श्रेष्ठ

जस्तोसुकै दबाब वा प्रभाव आए पनि अनुसन्धान प्रभावित हुने छैन: उप्रधानमन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौँ, जेठ ३ । उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् । उनले दोषी नउम्कने र निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारी दिए ।

बुधबार सो प्रकरणमा चासो राख्दै गृह मन्त्रालय पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित नेताहरुको प्रतिनिधिमण्डलसँग कुराकानीका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाहीका लागि प्रतिबद्धता जनाए ।

उनले जस्तोसुकै दबाब र प्रभाव आएपनि गृहमन्त्रीकारुपमा आफूले अनुसन्धानलाई प्रभावित हुन नदिने बताए । समाजवादीका नेताहरुले सो प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

Published Date: 17 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक