जस्तोसुकै दबाब वा प्रभाव आए पनि अनुसन्धान प्रभावित हुने छैन: उप्रधानमन्त्री श्रेष्ठ

जस्तोसुकै दबाब वा प्रभाव आए पनि अनुसन्धान प्रभावित हुने छैन: उप्रधानमन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौँ, जेठ ३ । उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताएका छन् । उनले दोषी नउम्कने र निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको जानकारी दिए ।

बुधबार सो प्रकरणमा चासो राख्दै गृह मन्त्रालय पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित नेताहरुको प्रतिनिधिमण्डलसँग कुराकानीका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाहीका लागि प्रतिबद्धता जनाए ।

उनले जस्तोसुकै दबाब र प्रभाव आएपनि गृहमन्त्रीकारुपमा आफूले अनुसन्धानलाई प्रभावित हुन नदिने बताए । समाजवादीका नेताहरुले सो प्रकरणमा संलग्नलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

Published Date: 17 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न