हिमालयन शेर्पा र संकटाको बराबरी

हिमालयन शेर्पा र संकटाको बराबरी : Icon Khabar

काठमाडौं, जेठ १ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब र संकटाले १-१ को बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा हिमालयन शेर्पाले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

विश्वास श्रेष्ठको कर्नरमा मेनुयल नानाले गोल गरेपछि खेलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो । तर ७४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै संकटाले बराबरी गर्‍यो ।

पोष्टतर्फ अगाडि बढाउँदै गरेका आयुष घलानलाई मेनुयल नानाले पेनाल्टी बक्समा फाउल गर्दा संकटाले पेनाल्टी पाएको थियो । जसलाई आयुष घलानले सदुपयोग गर्दै खेल १–१ बराबरी गरेका हुन् ।

आजको खेलमा अंक बाँड्दै हिमालयन शेर्पा क्लब नवौं स्थानमा उक्लिएको छ । १८ खेलमा ५ जित, ७ हार र ६ बराबरीसहित हिमालय शेर्पाले २२ अंक जोडेको छ भने संकटा क्लब आजको बराबरीसँगै समान १८ खेलमा ५ जित ६ हार र ७ बराबरी सहित २१ अंक जोड्दै ११ औं स्थानमा कायम छ ।
Published Date: 15 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास