हिमालयन शेर्पा र संकटाको बराबरी

हिमालयन शेर्पा र संकटाको बराबरी : Icon Khabar

काठमाडौं, जेठ १ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब र संकटाले १-१ को बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा हिमालयन शेर्पाले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

विश्वास श्रेष्ठको कर्नरमा मेनुयल नानाले गोल गरेपछि खेलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो । तर ७४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै संकटाले बराबरी गर्‍यो ।

पोष्टतर्फ अगाडि बढाउँदै गरेका आयुष घलानलाई मेनुयल नानाले पेनाल्टी बक्समा फाउल गर्दा संकटाले पेनाल्टी पाएको थियो । जसलाई आयुष घलानले सदुपयोग गर्दै खेल १–१ बराबरी गरेका हुन् ।

आजको खेलमा अंक बाँड्दै हिमालयन शेर्पा क्लब नवौं स्थानमा उक्लिएको छ । १८ खेलमा ५ जित, ७ हार र ६ बराबरीसहित हिमालय शेर्पाले २२ अंक जोडेको छ भने संकटा क्लब आजको बराबरीसँगै समान १८ खेलमा ५ जित ६ हार र ७ बराबरी सहित २१ अंक जोड्दै ११ औं स्थानमा कायम छ ।
Published Date: 15 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक