कृषि सहकारी केन्द्रिय संघ र सानिमा रिलायन्सबीच बीमा सम्बन्धी सम्झौता

कृषि सहकारी केन्द्रिय संघ र सानिमा रिलायन्सबीच बीमा सम्बन्धी सम्झौता : Icon Khabar

काठमाडौं, जेठ १ । नेपाल कृषि सहकारी केद्रीय संघ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बीमा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रिय संघको सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ । म्यादी बीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो, यस योजना अन्तर्गत बीमीतको मुत्य भएमा बीमाकं बराबर रकम प्रदान गरिने छ ।

संघले आफ्नो स्थापनाकालदेखि नै ग्रामीण गरिबी न्यूनिकरण र समोवेशीकरणका लागि आफ्नो सदस्यहरुको क्षमता वृद्धि गरी असल अभ्यासका साथ समाजिक पुँजीको विकास गर्न उत्पे्ररणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । हाल यस संघबाट नेपालको ७७ जिल्लामा १२०० भन्दा बढी संस्थाहरुमा आवद्ध १२ लाख भन्दा बढी साना किसान परिवारहरूले सेवा लिई रहेका छन् ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले विगत ५ वर्षदेखि संस्थाले बीमा क्षेत्रमा समय सान्दर्भिक तथा नयाँ कुरा प्रतिपादन गरी प्रदान गर्ने उद्देश्य सहित आफ्नो लक्षित ग्राहक वर्गहरुमा सेवा प्रदान गरिरहेको छ । संस्थाले हाल विवध योजना मार्फत देशभर रहेको आफनो १७५ शाखा सञ्जाल मार्फत १० लाख भन्दा बढी ग्राहक समक्ष आफनो सेवा प्रदान गदै आईरहेको छ ।

यस योजना मार्फत देशभर छरिएर रहेका विपन्न तथा साना किसान सदस्यहरुलाई बीमाको परिधिभित्र समावेश गर्न कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 May 2023
Website | + posts




ताजा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने
विश्वभर तीव्र रूपमा बढ्दैछ प्राणघातक रोग क्यान्सर
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित