मछिन्द्रले खुमलटारलाई हरायो

मछिन्द्रले खुमलटारलाई हरायो : Icon Khabar

काठमाडौं, जेठ १ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले अग्रता एन्ड्रिस नियाको गोलमा ४२ औं मिनेटमा लिएको थियो ।

त्यस्तै ओलावाले अफिजले ७७ औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाए भने खेल सकिन ७ मिनेट बाँकी रहदा अफिजले गोल गर्दै मछिन्द्रलाई जित दिलाए । जितसंगै मछिन्द्रले १८ खेलबाट ३० अंक जोडेको छ । खुमलटार १७ अंक सहित तालिकाको पुछारमा छ ।

Published Date: 15 May 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास