मछिन्द्रले खुमलटारलाई हरायो

मछिन्द्रले खुमलटारलाई हरायो : Icon Khabar

काठमाडौं, जेठ १ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले अग्रता एन्ड्रिस नियाको गोलमा ४२ औं मिनेटमा लिएको थियो ।

त्यस्तै ओलावाले अफिजले ७७ औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाए भने खेल सकिन ७ मिनेट बाँकी रहदा अफिजले गोल गर्दै मछिन्द्रलाई जित दिलाए । जितसंगै मछिन्द्रले १८ खेलबाट ३० अंक जोडेको छ । खुमलटार १७ अंक सहित तालिकाको पुछारमा छ ।

Published Date: 15 May 2023


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक